नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य



काठमाडौं ।

नेदरल्याण्डसले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्