सवारी दुर्घटनामा २५ घाईते



धादिङ ।

काठमाडौं देबघाट हुँदै तिर्थयात्रामा हिडेको सवारी साधन धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा ३ हिलटप होटल नजिक शनिबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

पृथ्वीलोकमार्गमा काठमाडाैं बाट चितवन तर्फ जाँदै गरेको बा ५ ख ५०७१ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नं.को ट्रक एक आपसमा ठक्कर  ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौं कलंकी स्थित भजन मण्डली समेत रहेको तिर्थयात्रामा हिडेको टोली सडक मोडमा दुर्घटनामा परेको थियो । यात्रु चालक सहचालक  गरी  ३२ जना रहेको बसमा भएका सबै घाईतेको स्थानीय सामाजिक कार्यकर्ता र प्रहरीले उद्धार मलेखु टिचिङ अस्पताल र राजमार्ग सामुदायिक अस्पतालमा पुराएको छ ।

साधारण उपचारपछि ८ जनालाई काठमाण्डौ पठाईएको छ भने अन्यको उपचार भईरहेको छ । ५ जना गम्भीर घाईते छन् भने बाँको अवस्था मध्यम छ । दुर्घटना पछि बन्दभएको सवारी आवागमन पुनस्सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्