चितुवाको आक्रमणबाट युवक घाइते



महेन्द्रनगर  । 
कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन ।
कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।
आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ । उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताउनुभयो । गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्