हवल्दार थापा निलम्बित



काठमाडौँ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापा निलम्बनमा परेका छन् । सहायक हवल्दारलाई नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनी निलम्बनमा  परेका हुन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् । दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्