देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ : कमल थापा



काठमाडौँ ।

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारीहरूको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

 आज पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए ।

 अहिलेको मुलुकको समस्या समाधान व्यक्ति परिवर्तनबाट सम्भव नभएको चर्चा गर्दै थापाले प्रणाली र व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

 भ्रष्टहरूले उन्मुक्ती पाउने व्यवस्था लामो समय नटिक्ने भन्दै थापाले व्यवस्था परिवर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए ।

 व्यवस्था परिवर्तनको पक्षधरहरु बीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

 सनातन हिन्दुराष्ट्र , राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको वातावरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,राजाराम बर्तौला, श्याम घिमिरे लगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्