ललिता निवास प्रकरण : ६५ जनाको नाममा रहेको जग्गा जफत हुने



काठमाडौँ।

विशेष अदालतले ६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने फैसला सुनाएको छ।

विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा उक्त जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्