फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने चार जना पक्राउ



काठमाडौं ।

फोहोरको टिप्ने बहान बनाई दिउँसाेको समयमा चारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत समस्तीपुर जिल्ला मोहदीनगर हालको तिलगंगा बस्ने २६ वर्षीय विकास पोदार, सोही ठाउँ बस्ने २८ वर्षीय जितेन्द्र पोदार, सोही ठाउँ बस्ने २७ बर्षीय भाईलाल पोदार, सोही ठाउँ बस्ने ४० बर्षीय संजय पोदार र ५० वर्षीय मञ्जु देवी पोदार रहेका छन् ।

का.जि.गोकणेश्वर न.पा.वडा नं.४ माकलवारी स्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई भित्र प्रबेश गरी सुनका विभिन्न गरगहना तथा नगद गरी पैसठ्ठी लाख  बराबरको धनमाल चोरी गरी फरार रहेको घटनामा संलग्न भारत देश समस्तिपुर जिल्ला मोहदीनगर घर भई हाल तिलगंगा बस्ने बर्ष २६ को लक्का भन्ने विकास पोदार समेत जडिबुटी बाट पक्राउ गरी थप अनुसन्धान गर्दै जादा उनले दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी पच्चिस लाख बराबरको धनमाल र गोकणेश्वरबाट गिता राईको घरबाट सुन तथा चाँदीका गर गहना तथा नगद समेत गरि चार लाख दश हजार  बराबरको धनमाल चाेरी गरेका थिए । पक्राउ परेका उनीहरूलाई थप  अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत बौद्ध पठाइएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्