माओवादी विधान अधिवेशन : अध्यक्ष प्रचण्डले जवाफ दिन थाले



काठमाडौँ।

नेकपा माओवादीको विधान अधिवेशनमा समूहबाट आएका सुझावहरूबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन सुरु गरेका छन् ।

चार दिनदेखि जारी अधिवेशनमा प्रस्तुत विधान मसौदामाथि २० वटा समूहले दिएका सुझाव र विषयहरूबारे प्रचण्डले विस्तृत जवाफसहित ब्याख्या गर्न थालेका हुन्।

यसअघि मंगलबार गठित २० वटा समूहहरूले दुई दिन लगाएर अधिवेशनमा आफ्ना सुझाव राखेका थिए। सहभागी करिब १३ सय नेता-कार्यकर्ताहरूलाई विभिन्न २० समूहमा बाँडेर माओवादीले सुझाव लिएको थियो।

प्रतिक्रिया दिनुहोस्