ललिता निवासको फैसला आज



काठमाडौं ।

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउने भएको छ।

बुधबार नै फैसला सुनाउने तयारी गरेर फैसला लेख्दालेख्दै अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दामा सुनुवाइ भने सकिएको छ। बुधबार फैसला सुन्न प्रतिवादी र उनीहरूका वकिल विशेष अदालतमा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्