यी हुन् बिसं २०८१ सालको सार्वजनिक बिदा

शहिद दिवसमा बिदा दियो



· ५३ दिन शनिबार ,१९ दिन पर्वबिदा , २ दिन महिला कर्मचारी,४ दिन जात्रा बिदा,१ दिन शिक्षण संस्था बिदा ,६ दिन दिवस बिदा , २ दिन जन्मजयन्ती र ३ दिन सम्बन्धीत धर्माबलम्बी बिदा

काठमाडौं ।

गृह मन्त्रालयले आउदो वर्ष बिसं २०८१ सालको बिदा सार्बजनिक गरेको छ । जस अनुसार आउदो वर्ष २७ वटा पर्व बिदा परेका छन् । बैशाख १ गते नयाँवर्ष, ५ गते राम नवमी,जेठ १० गते बुद्ध जयन्ती, चण्डी पुर्णिमा र उभौली पर्व परेको छ । भदौ ३ गते रक्षा बन्धन,१० गते श्रीकृष्ण जन्माष्टमी,असोज १७ गते घटस्थापना, असोज २४ फुलपातीदेखि २८ गते द्धादशीसम्म ५ दिन दशै बिदा दिने निर्णय गरेको छ ।

पर्व बिदा अनुसार कार्तिक १५ देखि कातिक १९ गतेसम्म सम्म ५ दिन तिहार बिदा, कार्तिक २२ गते छठ, मंसिर ३० गते धान्य, योमरी पुन्ही, मंसिर पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी, १७ गते स्वनम ल्होसार, फागुन १४ गते महाशिवरात्री,फागुन १६ गते ग्याल्पो ल्होसार, फागुन २९ गते फागुपुर्णिमा र इद पर्वमा बिदा दिने निर्णय गरेको छ ।

सम्बन्धीत धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने सार्बजनिक बिदाहरुमा देशैभरका नेवारी समुदायका लागि भदौ ४ गते गाईजात्रा, भदौ १० गते गौरापर्व बिदा हुनेछ । महिला कर्मचारीहरुको लागि मात्र भदौ २१ गते हरितालिका तीज ब्रत, असोज ९ गते जितिया पर्वबिदा हुनेछ । शिक्षण संस्थाको लागि माघ २१ गते वशन्त पञ्चमी बिदा परेको छ ।

उपत्यकाको लागि जात्रा बिदा अन्तर्गत भदौ ४ गते गाईजात्रा,असोज १ गते इन्द्रजात्रा,चैत १६ गते घोडेजात्रा र रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा रहेको छ । त्यस्तै मुलु्कभर सबैलाई हुने सार्बजनिक दिवस बिदा अन्तर्गत बैशाख १९ गते मे दिवस,जेठ १५ गणतन्त्र दिवस,असोज ३ संविधान दिवस,माघ १६ सहिद दिवस,फुगन ७ राष्ट्रिय प्रजातन्त्र दिवस,फगुन १४ (मार्च ८) अन्तराष्ट्रिय महिला दिवसको दिन बिदा दिने भएको छ । यो वर्षमा शहिद दिवसको बिदा कटौति गरेको थियो आगामी वर्ष शहिद दिवसमा बिदा दिने निर्णय गरेको छ ।

अपाङगता भएका कर्मचारीका लागि मंसिर १८ गते (डिसेम्बर ३ ) अन्तराष्ट्रिय अपाङ दिवसमा बिदा हुनेछ । मुलकभर सबैलाई बिदा हुने जन्मजयन्ती बिदा अन्तर्गत पुस २७ गते पुथ्वी जयन्ती,कातिक २५ गते फाल्गुनानन्द जयन्ती,मोहम्बद जयन्ती र कातिक ३० गते गुरु नानक जयन्तीमा बिदा हुने भएको छ । राष्ट्रिय रुपमा मनाईने तर कार्यालय खुल्ने दिवसको रुपमा जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउने निर्णय गरेको छ । आगामी वर्ष ५३ वटा शनिबार परेको छ ।

प्रतिक्रिया दिनुहोस्