पाल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते



पाल्पा।

जिल्ला सदरमुकाम तानसेनबाट तिनाउ गाउँपालिकाको चिदीस तर्फ गइरहेको जिप  दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।
चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । उद्धारमा खटिएका दिनेश घिमिरेका अनुसार घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयको सहयोगमा घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउका रहेको वताइएको छ । प्रहरीले घटनाको विस्तृत अध्ययन भैरहेको र अन्य विवरण आउन बाँकी रहेको जनाएको छ । घटना दिउसो साढे ४ वजेतिर भएको हो । दुर्घटना स्थल सिदार्थ राजमार्गको भित्री सडकमा पर्दछ । जीप सडकबाट तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्