पुरानै नीतिकाे निरन्तरतासहित माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा साेमबार साँझ सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले समीक्षामा मुलुककआन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखेकाे छ ।

त्यस्तै अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने जनाएको छ ।

संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था माैद्रिक नीतिले गरेको छ ।

त्यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था पनि माैद्रिक नीतिमा छ ।

2ndQTR_Review_Board FINAL

 

प्रतिक्रिया दिनुहोस्