प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : जितेन्द्रनारायण देव


काठमाडौं ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकताको महसुस गरेकाले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने बताए ।

गठबन्धनको राजनीति र यसले बढाएको भ्रष्टाचार नियन्त्रणमा विकल्पमा रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै रहेको उनको भनाइ छ ।

एउटाले काम गर्दा अर्काेले खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।