हेमन्त धामीले डेब्यू खेलमै लिए विकेट, क्यानडालाई पहिलो झट्का



काठमाडौं ।

क्यानडासँगको तेस्रो एकदिवसीय खेलमा डेब्यू गरेका हेमन्त धामीले नेपालका लागि पहिलो विकेट लिएका छन्। उनले तेस्रो ओभरको चौथो बलमा क्यानडाका ओपनर ओरोन जोनसनलाई ४ रनमा देव खनालको हातबाट क्याच आउट गराएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको क्यानडाले १३ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएर खेलिरहेको छ।

अहिले क्यानडाका अर्का ओपनर ब्याट्सम्यान नवनित धालिवाल १८ र तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्ने १८ रन बनाउँदै क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस्