विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ



काठमाडौं ।

विभिन्न देशमा पठाउने भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।   रोमानिया पठाइदिन्छु भन्दै ५ लाख चौहत्तर हजार ठगी गरेको अभियोगमा काभ्रेपलान्चोक तेमाल-१ घर भई हाल काठमाडाैं तार्केश्वर १० मा बस्ने ३८ वर्षीय श्याम बहादुर भण्डारी प्रहरीले पक्राउ गरेको छ ।

पीडित शरण बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु प्रतिष्ठित कम्पनीमा पेन्टर काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनी  रकम लिई सम्पर्क विहीन भई भएका थिए ।

पीडितले उक्त कार्यालयमा उजुरी दिएपछि  प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार भण्डारीलाई  तार्केश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

यस्तै मालदिभ्स पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा खोटाङ बाक्सिला ४ घर भई हाल काठमाडाैं ३२ काडाँघारी बस्ने ४३ वर्षीया फूलमाया खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि मालदिभ्स पठाइदिन्छु ४ लाख चालीस हजार रकम लिई सम्पर्क विहीन भई भएकी थिइन् ।पीडित प्रकाश बुढाथोकीले उजुरी दिएपछि प्रहरी टोलीले फूलमाया खत्रीको खोजतलास गर्ने क्रममा शुक्रवार काठमाण्डौं ३२ काडाँघारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

यस्तै न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने सल्यान सारदा- १ घर भई हाल काठमाडौँ -२६ सामाखुसी बस्ने ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी समेत २ जनाले खड्ग राज गिरी समेत २ जनालाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पीडितबाट एघार लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

पीडितले उक्त कार्यालयमा उजुरी दिएपछि प्रहरी टोलीले चन्द्र बहादुर बुढाथोकीलाई खोजतलास गर्ने क्रममा शुक्रवार काठमाडौँ ३२ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्