ठमेलमा चिनियाँ नागरिक मृत फेला


काठमाडौं ।
काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एकजना चिनियाँ नागरिक मृत फेला परेका छन् ।

यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।