प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या



बुटवल ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन्। प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार विकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।

शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्