एमाले धादिङ अध्यक्ष देवकोटाले भने– अधिवेशन स्थगित भएको छैन



धादिङ ।
नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन स्थगित नभएको र बन्दसत्र सुरु भएको अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देबकोटाले बताएका छन् ।

नेकपा एमाले बागमति प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले धादिङमा आफ्नो गुट स्थापित गर्न जवरजस्ती अधिवेशन स्थगित गर्नु भन्ने विज्ञप्ति प्रकाशन गरेपनि स्थगित नभएको अध्यक्ष मंडलको भनाइ छ ।

आफ्नो हुटको हार निश्चित भए पछि ढुंगेलले जिल्लाका नेताहरु खेम लोहनि र रमेश आचार्यको ईशारामा यसो गरेका हुन। संगठन को लेटर प्याड बिना, छाप बिना, चलानि बिना मनोमानि ढंगले विज्ञप्ति लेख्दै सिंगो संगठनलाई आफ्नो निजि स्वार्थको निम्ति प्रयोग गरेका ढुंगेल कार्यक्रम स्थल छोडेर काठमाडौं लागि सकेका छन्। नेकपा एमालेको जिल्ला अधिवेशन स्थगित भएको छैन । केही बेरमा बन्दसत्र सुरु हुने छ ।

स्थगित भन्ने हल्लाकोपछि नलाग्न एमाले अधिवेशन अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिएका छन् । जिल्ला कमिटी सहित ७ सय प्रतिनिधि सहभागी अधिवेशन बन्द सत्र चलिरहेको र अनाधिकृत हल्लाको पछि नलाग्न नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ले विज्ञति जारि गरेर जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्