वीरगन्जका मेयरविरुद्धमा गगनको आक्रोशित भाषण



वीरगन्ज । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहप्रति आक्रोश व्यक्त गरेका छन् । सत्ता गठबन्धन दलमा आबद्धता रहेकै कारण वीरगन्जका मेयरको नागरिकता प्रकरणले मूर्तरूप लिन नसकिरहेको समेत बताए ।

उनले मेयर सिंहको नागरिकता प्रकरण अहिलेसम्म छानबिनको दायरमा नआएकोमा आश्चर्य व्यक्त गरेका छन् । वीरगन्जबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेको घटनाक्रमले देखाइरहेको बताए ।

राजनीतिक, प्रशासनिकसहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घुच्च्याइदिइनुपर्ने जरुरी रहेको उनको भनाई छ । महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए ।

सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी ग¥यो भने देशमा व्यापक परिवर्तन उनको ठहर थियो । पत्रिकाका सम्पादक दीपेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले राज्यले यसरी विभेद गर्न नहुने बताए । जो भएपनि नागरिकता काण्डमा दोषी हुनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्