सरकारले कृषिमा आधारित उत्पादन र रोजगारी बढाउने उद्योग स्थापनालाई जोड दिएको छ : प्रधानमन्त्री प्रचण्ड



सिन्धुली ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सरकारले कृषिमा आधारित उद्योग स्थापनालाई जोड दिएको बतएका छन् । शनिवार सिन्धुलीको दुधौली नगरपालिका –५ सिर्थौलीमा निर्मित १५ शैय्याको अस्पताल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने खालका कृषिमा आधारित उद्योगहरु स्थापनामा जोड दिईएको बताएा ।

‘अहिले सरकारले कुषिमा आधारित भएर उत्पादन वृद्धि गर्ने, रोजगारी सृष्टि गर्ने, उद्योगहरु स्थापना गर्दा पनि कृषिमा आधारित उद्योगहरुमा जोड दिने निति लिएको छ’ बताएका छन् ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय सिह दरवारमा कृषिमा आधारित उद्योगहरु संचालनको लागि सम्भावनाहरुको खोजी गर्ने र पुराना रुग्ण अवस्थामा रहेका बन्द उद्योगहरुको संचालनको निम्ती सम्बन्धित मन्त्रालय, समिति र विभागहरुलाई केहीदिनको समय दिएर सम्पूर्ण खाका लिएर आउन निर्देशन दिएको बताए ।


प्रधानमन्त्री दाहालले देशमा उद्योगहरु संचालन नगरी युवा वेरोजगारको समस्या हल गर्न नसकिने भएकाले सरकार नयाँ र पुराना उद्योगहरुको संचालनको सम्भावनाको खोजीमा गम्भिर भएर लागेको बताए ।

प्रधानमन्त्री दाहालले निति कार्यक्रम र बजेट बनाउने प्रकृति र प्रक्रियामा परिवर्तन गरी जनमुखी, उत्पादनमुखी र रोजगारमुखी बनाउने गरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिबाट पनि स्वीकृत भईसकेको बताए ।

‘अब बन्ने बजेट र निति कार्यक्रम निर्माणमा जनता, जनप्रतिनिधिहरु, मन्त्रालयहरुको पनि सामुहिक विवेक प्रयोग गर्ने गरी मैले तयारी गरिरहेको तपाईहरुले जानकारी पाईरहनुभएको छ । यो मेरो दृष्टिमा जनता र राष्ट्रको पक्षमा निति कार्यक्रम र बजेटहरु बनाउन महत्वपूर्ण कदम हो भन्ने लागेको छ’ उनले भने ।

प्रधानमन्त्री दाहालले दुई छिमेकी देशहरुको भ्रमणकाक्रममा चिनसँग कृषिमा आधारित उद्योग र प्राविधिक केन्द्रहरु स्थापनाको लागि समझदारी र भारत भ्रमणमा कृषिमा उत्पादन वृद्धिको निम्ती सहकार्य गर्ने भारतसँग समझदारी भएको बताए । देशमा भएका प्राकृतिक स्रोतसाधनहरुको अधिकतम् उपभोग गर्ने उदेश्यका साथ अन्तरराष्ट्रि निकायहरुसँग धेरै समझदारी भएको प्रधानमत्री दाहालले बताए । प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको एक बर्षमा विदेशी मुद्राको सन्चिती, विदेश पर्यटकको आगमन संख्या, रेमिटान्स र राजश्वमा वृद्धि हुदै गएकाले अर्थतन्त्र लयमा फर्कनेक्रममा रहेको बताए ।

सबै तिरबाट अर्थतन्त्र लयमा फर्कनेक्रममा रहेपनि अझै पनि ढुक्क हुने स्थिती भने नरहेको प्रधानमन्त्री दाहालले बताए । केही मानिसहरुले अहिलेको व्यवस्था माथि हिलोछ्याप्ने कोसिस गरे पनि संघिय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुढृण, अझ बलियो संघिय लोकतान्त्रिक गणतन्त्र नै भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालले उद्घाटन भएको नगर अस्पतालको लागि आवश्यक प्राविधिक औजार, उपकरण, दक्ष चिकित्सक, कर्मचारीको व्यवस्थापनको लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरे, लेखनाथ दाहाल(राजन) पुर्व प्रतिनिधिसभा सदस्य गणेश पहाडी, दुधौली नगरप्रमुख दिनेश अधिकारी, उपप्रमुख चन्द्रकिशोर थारुले कमलाखोँच क्षेत्रमा विषालु सर्पहरुले टोकेर बर्षेनी धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले नगरअस्पताललाई सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्रको रुपमा विकास गर्न माग गरेका छन् । दुधौली नगरपालिकाकै पहिलो नगर अस्पताल करिव १८ करोड लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्