सरकारका कारण देश बहुआयामिक संकटमा : उप महासचिव ज्ञवाली 



पोखरा।

 नेकपा  (एमाले) का उप महासचिव प्रदीप ज्ञवालीले सरकारका कारण देश बहु आयामिक संकटमा  फस्दै गएको बताएका छन् । देशलाइ हरेक क्षेत्रबाट कमजोर बनाउने र देशलाइ अनेकन बहानामा जोखिमपूर्ण अवस्थामा रहेको भन्दै यो सरकार देशका लागि भारी भएको बताए।

 देश र जनतालाई कमजोर बनाएर  सरकार बलियो बनाउने हो सरकार उल्टो दिशामा हिँडेको कारण अब सरकारको विकल्प खोज्ने बेला आएको उनको दाबी छ।

 प्रेस चौतारी नेपाल कास्कीले शनिबार  पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  नेता ज्ञवालीले देशमा मौलाउँदो बेथिति एमालेले टुलु टुलु हेरेर नबस्ने र सरकार बदल्नु अब अपरिहार्य भएको उल्लेख गरे।

  वर्तमान गठबन्धन सरकार देशमा  समानान्तर अर्थतन्त्र चलाएर देशका हरेक क्षेत्र तहस नहस गराउन अग्रसर भएको आरोप लगाउदै  ज्ञवालीले देशमा बढ्दै  गएको निराशाको कारण देशलाई थप बर्बाद हुन नदिन  एमालेले सरकार बदल्न अब संसद मार्फत पहल सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्