नवलपरासीमा बस र टिपर ठोक्किँदा १७ जना घाइते



काठमाडौं ।

नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति आपसमा ठोक्किएर दुर्घटना भएको हो।

सुनवल–४ मा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी देवचुली नगरपालिका- १२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्