बागमती गोल्डकप फागुनमा



हेटौंडा ।

छैटौं संस्करणको बागमती गोल्डकप फागुन १ गतेदेखि सुरु हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक बागमती खेलकुद विकास समितिले यसबारे जानकारी दिएको हो।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ‘ए’ डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने बताए।

गत संस्करण ‘ए’ डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि हात पारेको थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए।

प्रतियोगिता विजेता र उपविजेता समूहले क्रमशः १० लाख र ५ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्