कोहलीले इङल्याण्डविरुद्ध दुई खेल नखेल्ने



काठमाडौं ।

विराट कोहली इङल्याण्डविरुद्धको सुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन्। भारत टुरमा आएको इङल्याण्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दै छ।

कोहलीले निजी कारणले आफू सुरुका दुई टेस्टमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कोहली तेस्रो टेस्टदेखि टिममा सहभागी हुने छन्।

कोहलीको ठाउँमा को खेल्छ ? भन्ने बारे बोर्डले पछि जानकारी गराउने बताएको छ। उनको ठाउँमा खेल्ने खेलाडीमा चैतेश्वर पुजाराको नाम सबै भन्दा अगाडी रहेको छ।

२५ जनवरीबाट सुरु हुने यो सिरिज विश्व टेस्ट च्याम्पियनसिप २०२३(२५ को दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। भारतीय टोलीले यो सिजन आफ्नो पहिलो घरेलु सिरिज खेल्दै छ।

यसअघि भारतले घरेलु मैदानमा वेस्ट इन्डिजलाई १–० ले हराएको थियो भने दक्षिण अफ्रिकासँगको दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो।

सिरिजको पहिलो खेल २५ जनवरीबाट हैदराबादमा हुनेछ। त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ गते विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ गते राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ गते राँचीमा र पाँचौं टेस्ट मार्च ७ गते धर्मशालामा खेलिनेछ।

प्रतिक्रिया दिनुहोस्