प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने



काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन्। आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुँदै छ।

त्यस्तै अर्को खेल टियु मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुँदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच हुँदै छ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६-६ खेलमा ८-८ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्।  त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अङ्कसहित चौथो स्थानमा रहेको छ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४-४ खेलमा ४-४ अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा रहेका छन् । त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अङ्क हासिल गर्दै आठौँ स्थानमा छ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौँ स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्