अन्तिम टी–२० मा पाकिस्तानले न्यूजिल्याण्डलाई हरायो



काठमाडौं ।

अन्तिम तथा पाँचौँ टी-२० आई खेलमा पाकिस्तान विजयी भएको छ। लगातार चार खेलमा हार बेहोरेको पाकिस्तानले अन्तिम खेलमा न्यूजिल्याण्डलाई ४२ रनले पराजित गरेको हो।

योसँगै न्यूजिल्याण्डले ५ खेलको सिरिज ४-१ ले जितेको छ। पाकिस्तानले दिएको १३५ रनको लक्ष्य पछाएको न्यूजिल्याण्ड १७.२ ओभरमा ९२ रनमा अल आउट भयो ।

न्यूजिल्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक २६, फिन एलेन २२, टिम सिफर्ट १९, रचिन रविन्द्र १ र विल योंग १२ रन बनाएका थिए। पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले समान तथा जमान खान र उस्मा मिरले समान विकेट लिएका थिए।

यस अघि पहिला ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच बनेका छन् भने न्यूजिल्याण्डका फिन एलेन प्लेयर अफ द सिरिज बनेका छन्।

प्रतिक्रिया दिनुहोस्