अर्नवलाई उपाधि



काठमाडौं ।

नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा भएको प्रतियोगिताको १५ औं चरणको खेलमा अनर्वले २६४३ अंक जोडे।

नैकापस्थित ब्राइट फ्युचर माविमा भएको प्रतियोगितामा रजत र कांस्य पनि नेपाली खेलाडीले नै जिते। रुविन श्रेष्ठ ९१२ अंकसाथ दोश्रो तथा विनिता वर्मा ६९९ अंकसाथ तेश्रो भए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाए।

तीनदिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। साइड इभेन्टमा भने अमेरिकाका साम कान्तिमाथी पहिलो भए। उनले ७ चरणको खेलमा १४८५ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्