थाहा पाउनुहोस् तपाईंको आजको राशिफल



मेष : दिन सामान्य राम्रो छ। आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ।

वृष : चन्द्रमा उदय भएकाले दिन राम्रो छ। साथीबाट सहयोग मिल्नेछ। अचानक पेट सम्बन्धी समस्या हुनसक्छ। खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ ।

मिथुन : दिन राम्रो छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। मिठो खान पाइने छ। नयाँ साथीसँगको आनन्द अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कट : दिन सामान्य छ। हरेक क्षेत्रमा तनाव हुनसक्छ। राम्रा कामको जस अरुले लिनेछन्। बिहानै उठेर वर र पिपलको दर्शन गरेर कामको सुरुवात गरे दिन राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट धोखा हुने देखिन्छ।

सिंह : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा लगानीबाट राम्रो हुनेछ। शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा तनाव बढ्ने छ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या : दिन राम्रो छ । कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। अचानक रोगको प्रभाव देखिन्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग रहनेछ।

तुला : दिन राम्रो छ । शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा आलोचना हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ । आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। सहकर्मी विरोध गर्न जुटेका छन्। सहकर्मीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

धनु : दिन राम्रो छ । कर्मको फल प्राप्त गर्न सहज हुनेछ । बोलीको प्रभाव रहने छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : समय सामान्य छ। अचानक खर्च बढ्ने योग रहेको छ। आफ्नाले कुरा काट्ने छन्। माथिल्लो निकायबाट साथ रहने छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : समय राम्रो छैन । अचानक पुरानो रोगले दुःख दिन्छ। आफूले कमाएको धनमा अरुको आँखा लाग्न सक्छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध राम्रो हुने दिन छ ।

मीन : समय राम्रो छ। तपाईं धन्यवादको पात्र बन्नुहुन्छ। झुक्याउने साथीसँग सचेत हुनुपर्छ। सहयोग गर्ने साथीको संख्या बढी भएकाले डराउनु आवश्यक छैन। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्