भरतपुर विमानस्थल विस्तारका लागि घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्दैछौ: काब प्रधानमन्त्री खड्का



चितवन । कार्यवहाक प्रधानमन्त्री एबं रक्षा मन्त्री पूर्ण वहादुर खड्काले अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका छन् ।

शुक्रबार साँझ यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सरकारमा जाादाको अबस्था भन्दा अहिले अर्थतन्त्रमा सुधार आउन थालेको बताए । सरकारमा गएपछि अथर्एतन्त्रको प्रतिकुलताको बाबजुत पनि काम भएको बताए । ‘कोभिडको लामो प्रभाब, रुस युक्रेन, इजरायल हमास युद्धको प्रभाव नराम्रोसँग अर्थतन्त्रमा प¥यो । त्यो समयमा सरकारमा हामी पुग्यौं,’ उनले भने । बजेट ल्याउने समयमा मुलुकको अर्थतन्त्र ऋणात्मक अबस्थामा बताउँदै उनले राजस्व संकलन न्यून भएको बताए ।

जनताको आकांक्षा अनुसार बिकास निर्माणका कामहरु र अर्थतन्त्रलाई सवल बनाएर वजेटको ठूलो प्रबाह गरेर जाने हाम्रो इच्छा थियो तर अर्थतन्त्रको सिमितताले गर्दा त्यो रुपमा अघि वढाउन सकेनौ,’  उनले भने । अहिले वजेट कार्यान्वयनमा रहेको भन्दै उनले एक महिना भित्र सुशासन मार्गदर्शन मार्फत एउटा ठूलो राहतको अभियान कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । ‘प्रधानमन्त्री फर्किए पछि त्यो काममा लाग्छौ, तयारी भईराखेको छ । सबै कुरालाई जोडेर सरकार राम्रै राम्रो काम गरेको छ त्यो पनि होईन, खराबै खराब काम गरेका छौ त्यो पनि होईन । सरकार मध्यम काममा छ ।”

मुलुकको अर्थतन्त्र, बजेटको सिमितताका कारणले जनताको आकांक्षा अनुसार बजेट प्रवाह गर्न नसकेको दोहोरयाउँदै उनले जनताको आकंक्षालाई पुरा गर्ने गरी वजेटको प्रबाह गरेर बिकास निर्माणलाई तिब्र गतिमा वढाउने गरी काम गरिने बताए । सरकारले आउने हिउँदे अधिबेशनमा संघिय ऐनहरु जो प्रदेश, संघ र स्थानीय तहसंग जोडीएका ऐनहरु ल्याउने तयारीमा छ । यसले तीनै तहका सरकारहरुको बिचमा समन्वयात्मक तवरले जाने वातावरण वनाउनका लागि सम्पूर्ण रुपमा क्रियाशिल हुने उनले बताए ।

फरक प्रसंगमा बोल्दै उनले भरतपुर बिमानस्थल बिस्तारको कामका बिषयमा छलफल भईरहेको बताए । उनले भने, ‘यो बिमानस्थल बिस्तारका के गर्न सकिन्छ त्यो काममा हामी तिब्रगतिमा अघि वढेका छौ र चाँडैं टुङ्गाउँछौ,’ उनले भने । भेटघाटका क्रममा विमानस्थल विस्तारका लागि भरतपुर ब्यारेकमा रहेको घोडा प्रजनन केन्द्र पुर्वी चितवनको शक्तिखोरमा सारिने बताए । त्यस्तै, पछिल्लो समय चितवनमा बहसको विषय रेलमार्गमा सम्बन्धमा पनि उनले छलफल गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्