कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सेनाको स्वास्थ्य विज्ञान संस्थानको भ्रमण



काठमाडौँ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भ्रमण गरेका छन् ।

सानोभर्‍याङ्गस्थित उक्त संस्थानमा कार्यवाहक प्रधानमन्त्री खड्कालाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरे ।

त्यस अवसरमा खड्कालाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक देवेन्द्र बहादुर खत्री (अ.प्रा.) ले उक्त संस्थान तथा मातहतका महाविद्यालयहरूमा सञ्चालित शैक्षिक गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्रीले संस्थान तथा मातहतका महाविद्यालयहरूको अवलोकन गरे ।

वहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका जेहेन्दार सन्ततीलगायत सर्वसाधारणका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले २०६८ सालमा स्थापित संस्थानमा हाल नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालय, चिकित्सा शास्त्र महाविद्यालय र नर्सिङ्ग महाविद्यालय अन्तरगत कूल १७१० विद्यार्थीहरु अध्ययनरत छन् ।

भ्रमणका अवसरमा बलाधिकृत रथी श्री अशोकराज सिग्देल, रथीवृन्द, रक्षा मन्त्रालयका सह सचिव लगायत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तथा अन्तरगत महाविद्यालयहरूका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति थियो । सोही अवसरमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीले संस्थान परिसरसँगै रहेको सैनिक पुनर्स्थापना केन्द्रको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्