नेसपाका केन्द्रीय सदस्य, माओवादी प्रदेश कमिटी सदस्य लगायतका नेताहरु एमाले प्रवेश



काठमाडौं ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, वासु भट्ट लगायतका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिवसबाबु खड्का लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।
उनीहरूलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्