शीतकालीन युथ ओलम्पिक सुरु


काठमाडौं। 

दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ ।

भब्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौँ संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ ।

त्यसमा पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता रहेको छ । उद्घघाटन समारोहमा आयोजित मार्चपासमा छोवाङले नेपालको झन्डा बोकेका थिए । प्रतियोगिता फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ । सफलराम श्रेष्ठ प्रशिक्षक रहेकाे नेपाली टोलीको खेलाडीद्वय छोवाङ र लक्ष्मी दुवैले स्लालम र जायन्ट स्लालममा भाग लिनेछन् ।

उनीहरूले यसअघि १५ दिनको विशेष प्रशिक्षण कार्यक्रम ‘ड्रिम प्रोजक्ट’ मा पनि सहभागिता जनाएका थिए । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । यसपल्टको शीतकालीन युथ ओलम्पिकमा कुल ७८ देशका १ हजार ८ सय २ खेलाडीको सहभागिता रहनेछ । सहभागी खेलाडी यू–१९ समूहका रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।