अपांगता भएकी महिलालाई करणी गर्ने गुरुङलाई ९ वर्ष कैद, ३ लाख क्षतिपूर्ति



धादिङ ।

३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको कसुरमा जिल्ला अदालत धादिङले ज्वालामूखी गाउँपालिका –६ का ७५ वर्षीय रेशम गुरुङलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । समस्यामा परेको पीडितलाई अदालतले कसुरदारबाट असुल गरिएको ३ लाख जरिवाना क्षतिपुर्ति दिने फैसला गरेको हो ।

जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको ईजलासले वृद्ध भएकोले कसुरदारलाई न्यूनतम सजाय गर्दा मुलुकी अपराध संहिता २०७४ दफा २१९ को ३ (ङ) बमोजिम ७ वर्ष कैद गर्ने, ३ (क) देहाय (ग) बमोजिम ३ लाख जरिवाना र मानसिक रुपमा स्वास्थ नभएको महिलालाई बलात्कार गरेकोले सोहि ऐनको २१९ को ७ बमोजिम थप २ वर्ष कैद सजायाँ गर्ने फैसला गरेका छन् ।

(८) असार ३० गते बलात्कार गरेको आरोपमा गुरुङलाई जिल्ला प्रहरी कार्यालयले असार ३१ गते गिरफ्तार गरेको थियो । मानसिक रुपमा समस्या परेकी महिलालाई बारीमा बलात्कार गरेकोले कारबाहीको माग गर्दै पीडितले असार ३१ गते प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए  ।

पीडितको असार ३१ गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो । आरोपित जिल्ला अदालतको आदेशमा साउन २३ गतेको आदेशले पुरपक्षका लागि थुनामा छन् । जिल्ला अदालतमा साउन २२ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्