बास्केटबलमा लालीगुराँस सेमिफाइनलमा



काठमाडौं ।

लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले विभूतिलाई ३१–१४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो। लालीगुराँसका सुजन मगरले ८ अंक जोडे।

डाँडागाउँस्थित हिमरश्मि स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमै पुष्पकुञ्ज, सेब, हिमरश्मि, एन्जल्स हार्ट, न्युटन र प्रगतिले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे। ब्वाइजमा १३ तथा गल्र्समा १० टिमको सहभागिता रहेको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन्।

महोत्सवमा विभिन्न ५ खेल फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स समावेश छन्। महोत्सवको औपचारिक उद्घाटन भने आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

ओप्स खेलकुद महोत्सवअन्तर्गत गल्र्स फुटबलको उपाधि हिमरश्मिले जितेको छ। तुसाल फुटबल मैदानमा भएको फाइनलमा हिमरश्मिले कौशललाई १–० गोलले पराजित गर्‍यो।

हिमरश्मिकी नम्रता गौतमले निर्णायक गोल गरिन्। छात्रा फुटबलमा ८ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्