न्यु डायमण्ड र एपिएफ फाइनलमा



पोखरा ।

पोखरामा जारी चौथो संस्करणको टाइगरकपमा महिलातर्फ चन्द्रागिरी न्यु डायमण्ड र दुई पटकको च्याम्पियन एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन्।

टाइगरग्रुप अप पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा २ सेट गुमाएको एपिएफले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको हो।

अत्यन्तै रोमाञ्चक बनेको खेलको पहिलो सेट आर्मीले २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेटमा आर्मी पछि पर्‍यो। उक्त सेट आर्मी १२–२५ ले पछि पर्‍यो। चौथो सेटमा समेत आर्मी १६–२५ ले पछि पर्‍यो। अन्तिम सेटमा १३–१५ को हार व्यहोर्दा फाइनल प्रवेशबाट रोकिएको हो।

दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यु डायमण्डले फाइनलमा एपिएफको भेट पक्का गरेको हो।

न्यु डामण्डले २५–१९ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेको हो।

आर्मी बाहिरियो

यस्तै पुरुषतर्फ बिहिबार यस अघि समूह ए को स्थगित भएको आर्मी र गण्डकी प्रदेश बिचको खेलमा आर्मी विजयी भएको छ। आर्मीले गण्डकी प्रदेशलाई ३–२ को सेटमा हराएपनि अंक तालिकामा गण्डकी भन्दा पछि पर्दै आर्मी बाहिरिएको हो।

माघ १ गते उद्घाटन खेलको रुपमा रहेको आर्मी र गण्डकीको खेल प्रकाश अभावका कारण रोकिएको थियो। सोही खेल बिहिबार भएको थियो। खेलमा पहिलो सेट जितेको आर्मीले दोस्रो र तेस्रो सेट गुमाउँदै प्रतियोगिताबाट बाहिरिन पुगेको थियो।

सो समूहबाट हेल्प नेपाल चार अंकका साथ शिर्षस्थानमा र गण्डकी तीन अंकका साथ दोस्रो स्थानम रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
अत्यन्तै रोमाञ्चक बनेको खेलको पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१७ ले जितेपनि चौथो सेट २१–२५ र अन्तिम सेट ६–१५ ले गुमायो।

गण्डकीले यस अघि हेल्प नेपाललाई ३–२ को सेटमा हराएको हो भने, हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो। समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो।

सेमीफाइनलमा गण्डकीले एपिएफको र हेल्प नेपालले श्रीलंका आर्मीको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्