थाहा पाउनुहोस् तपाईंको राशिफल



मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन्।
वृष : दैनिकी सामान्य छ। आजको दिन खर्चिलो हुनेछ। विवादमा पर्नसक्ने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहने भएकाले दिन राम्रो हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

मिथुन : समय राम्रो छ। माया मारेको धन र हराएका आफन्त भेटिने योग छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारसँग ठुलो विश्वास गर्नाले घाटा हुने देखिन्छ।

कर्कट : दैनिकी सामान्य छ। विश्वास गरेर लगानी गरेका ठाउँबाट धोखा पाइने छ। पराइ भनेकाहरुले सहयोग गर्नेछन्। पैतृक सम्पत्ति र बन्धुको साथ रहने छ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सफल हुनेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। सोचेका राम्रा कुरा बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा धोखा हुनसक्छ।

कन्या : दिन सामान्य राम्रो छ । ऋण खोजेर लगानी गर्दा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीमा घाटा हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सम्बन्ध राम्रो छ।

वृश्चिक : दिन सामान्य छ । आफूलाई चिनेर काम गर्नु भए मात्र दिन सहज हुनेछ। बोलीमा उतारचढाव भएमा प्रतिस्पर्धीले मौका पाउने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन राम्रो छ । न्याय पाउने योग रहेको छ। परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ। शब्द जालमा पर्ने भएकाले सचेत बन्नु राम्रो हुन्छ । अचानक अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ।

मकर : दैनिकी सामान्य छ । कर्मको फल मात्र उपयोग गर्ने योग छ। अरुसँग अपेक्षा गर्दा घाटा हुनसक्छ। प्रतिस्पर्धी कडा भएकाले प्रतिवाद गर्ने क्षमता राख्नुपर्छ। विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ।

कुम्भ : दैनिकी राम्रो छ । हनुमानको स्मरण गरेमा काम सफल हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

मीन : आजको दिन मनोरञ्जनपूर्ण समय रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

प्रतिक्रिया दिनुहोस्