चितवनको मानव सेवा आश्रममा पुरुषको मृत्यु


चितवन।

चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ ।

अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो । परियारको बुधवार बिहान ९ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

उनको मृत्युको कारण खुलेको छैन । मानव सेवा आश्रमले सडक पेटिमा भेटिएका असहाय एवम् असक्तलाई उद्धार गरी संरक्षण दिँदै आएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।