दोस्रो सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो



काठमाडौं ।

भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ। भारतले सिरिजको तेस्रो खेल दोस्रो सुपर ओभरमा जितेर सिरिजमा क्लीन स्वीप गरेको हो।

बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो। जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थिए।

जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। पहिलो सुपर ओभरमा अफगानिस्तानले भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो भने भारतीय टोलीले १६ रन बनाएको थियो।

जसका कारण पहिलो सुपर ओभर बराबरीमा सकिएको थियो। यस्तो अवस्थामा दोस्रो सुपर ओभरमा बिजेताको निर्णय भयो। जसमा भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले एक रनमा दुई विकेट गुमाएपछि भारत विजयी भएको थियो।

तेस्रो तथा अन्तिम रोमाञ्चक खेलमा भारत विजयी भएसँगै भारतले ३ खेलको टी–२० सिरिज ३–० ले जितेको छ।

प्रतिक्रिया दिनुहोस्