मेसीले जिते फिफा वर्ष खेलाडीको उपाधि



काठमाडौं ।

लियोनेल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्। गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो।

मेसीले कालियन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्ड समेत जितेका छन्।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए। त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन्।

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन्।

प्रतिक्रिया दिनुहोस्