एनआरवाइसी र पञ्चकोटी फाइनलमा



बैतडी ।

बैतडीमा जारी १६ औ संस्करणको एनआरवाइसी कप टि १० क्रिकेट प्रतियोगितामा आइतबार सेमिफाइनलका खेल सम्पन्न भएका छन्।

पहिलो सेमिफाइनलमा आयोजक एनआरवाइसी ए र त्रिपुरा क्रिकेट क्लब तथा दोस्रोमा कैलपाल क्रिकेट क्लब र पञ्चकोटी युवा क्लब भिडेका हुन्।

पहिलो खेलबाट एनआरवाइसी र दोस्रो खेलबाट पञ्चकोटी विजयी हुँदै फाइनल पुगेका हुन्। एनआरवाइसी र पञ्चकोटीबीचको भिडन्त बगलेखान माविको मैदानमा सोमबार हुनेछ।

नागार्जुन रणशैनी युवा क्लब,बठ्ठाको आयोजनामा पुस २६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेताले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र र उपविजेताले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ। यसका साथै म्यान अफ दि सिरिजलाई ५ हजार ५ सय,बेस्ट बलर,बेस्ट ब्याटर, बेस्ट फिल्डर,बेस्ट किपर र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरूस्कारको व्यवस्था गरिएको छ।

एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको क्लबका प्रवक्ता महेश चन्दले बताउनुभयो ।प्रतियोगिताले क्रिकेटको विकास हुने विश्वास रहेको आयोजक नागार्जुन रणशैनी युवा क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्