टाइगरकप सुरु, टिकटको मुल्यमा वृद्धि



पोखरा ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा आजदेखि चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा चौथो संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला/पुरुष भलिबल च्याम्पियनसिप हुन लागेको हो। चौथो संस्करणको टिकटको मुल्यमा वृद्धि गरिएको छ। यसपटक समूह चरणका खेलको दुई सय र सेमिफाइनल तथा फाइनल खेलको चार सय रुपैयाँ तोकिएको छ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा पुरस्कार राशी र सहभागि टिममा वृद्धि भएको बताए।

अघिल्ला संस्करणको महिला तथा पुरुषमा पाँच/पाँच टिमको सहभागिता रहने गरेपनि यस पटक भने ६–६ टिमको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लबको सहभागिता रहेको उनले बताए।

प्रतियोगिताको विजेताले (महिला/पुरुष) ले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक् लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार ५ सय ५५ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले एक्सटिप फेसनको जुत्ता प्राप्त गर्नेछन् । दर्शकका लागि यसपटक अस्थाई प्यारापिटको क्षमतामा समेत वृद्धि गरिएको छ।

प्रतियोगित हेर्न आउने जेष्ठ नागरीक र फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने हरेक दिन टिकट काटेर आउने दर्शक मध्ये गोलाप्रथाबाट एक जनालाई यसअघि केल्मेको भनिएपनि एक्सटेप फेसनको टिसर्ट प्रदान गरिने छ भने फाइनलमा एक दर्शकलाई सामसुङको मोबाइल प्रदान गरिनेछ।

प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन्। यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन्।

पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन्। प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्