देशप्रति माया दर्शाउँदै न्यायाधीश पण्डितले ल्याए मुटुभित्र नेपाल



काठमाडौं ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितले आम नागरिकमा देशभक्ति र राष्ट्रियताप्रति जागरुकता जगाउन राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको गीत तयार पारेका छन्।

मुटुभित्र नेपाल बोलको उनीद्वारा रचित कर्णप्रिय गीत म्युजिक भिडियोसहित शुक्रबार युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। मर्दा पनि मुटुभित्र नेपाल भनेर लेख्न पाइयोस् देशप्रति अगाध माया दर्शाउँदै गीतमा न्यायाधीश पण्डित गीतकार बनेर पोखिएका छन् मर्दा पनि मुटुभित्र नेपाल नेपाल नेपाल भनि लेख्ने रहर छ।

गीतकार पण्डितले आम नागरिकमा देशप्रतिको माया ममता र आस्था बढाएर राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले मुटुभित्र नेपाल बोलको गीत सिर्जना गरिएको बताए।

पण्डितले गीत सार्वजनिक भएपछि यसले आफ्नो मुलुक नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्न आवश्यक भूमिका निर्वाह गरेको विश्वाससमेत व्यक्त गरे।

‘नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्ने किसिमले गीतले सार्थक भूमिका निर्वाह गरेको विश्वास मैले लिएको छु। देशभक्तिको भावना हुने जोसुकैले पनि गीत हेर्ने र सुन्नेछन् भन्ने विश्वास छ’ गीतकार पण्डित भन्छन्। नेपालको राष्ट्रिय झण्डा चम्काउँदै शुरु हुने गीतको भिडियोमा देशलाई चीर कालसम्म अमर राख्ने रहर पोखिएको छ।

दिनहुँ न्यायका लागि दत्तचित्त रहने न्यायाधीश पण्डितले मुलुकमा समृद्धिको कामना गर्दै गीतमा भनेका छन् संसारभरि नेपालीलाई हा“सी खुृशी देख्ने रहर छ। बालबालिकाको मस्तिष्कमा नै राष्ट्रिय झण्डाको छाप पारिएको गीतमा वीरहरूको रगतले सिंचिएको मेरो प्यारो देश भन्दै देशको महŒवलाई थप उजागर गरिएको छ।

गीतमार्फत पण्डितले यो देश सानोतिनो दुःखले बनेको होइन भन्ने सन्देश दिएका छन्। यसैगरी, देशका लागि जस्तोसुकै त्याग गर्न पनि पछि नपर्ने अडान राख्दै गीतमा भनिएको छ बा“चेसम्म ढाल बनि देशको सीमा छेक्ने रहर छ।

यसैगरी, आफ्नो देश नेपाल अजर र अमर रहनुपर्छ भन्ने चिन्तनका साथ गीतमा भनिएको छ चन्द्र सूर्य आकाशमा रहेसम्म मेरो मुलुक बाँचोस्। समुद्रदेखि आकाश जहाँ जाँदा पनि देशकै झण्डा बोक्ने रहरका साथ देशप्रति अगाध माया व्यक्त गर्दै गीतमा भनिएको छ सागरदेखि सगरसम्म देशको झण्डा बोक्ने रहर छ।

नेपाललाई विश्वमा चिनाउन सबैजना कम्मर कसेर लाग्नुपर्ने सन्देश दिदै गीतमा थपिएको छ विश्व मानचित्रमा देशको नाम राख्ने रहर छ।

लक्ष्मी पण्डितको प्रस्तुति रहेको गीत थानेश्वर गौतमले गजल शैलीमा गाएका छन्। गायक गौतमकै संगीत रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा ख्यातिप्राप्त अभिनेता राजेश हमालले देशको माया दर्शाउँदै सशक्त अभिनय गरेका छन्।

गीतको भिडियोमा उनी देशका लागि चिन्तनशील नागरिक र सिर्जनशील चित्रकारका रूपमा प्रस्तुत भएका छन्। भिडियोमा गायक गौतम र गीतकार पण्डितलाई पनि देख्न सकिन्छ।

गायक थानेश्वर गौतमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत १२ मिनेट ३० सेकेन्डको छ।

सुव्रत आचार्यको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता हमालका साथमा पशुपति गन्धर्व, भुवन गन्धर्व, गोपाल देव, विष्णु नेपाली, सागर बाजुराली तथा बालकलाकारहरू अहान्या एबी पोखरेल, सायरा आचार्य, दियान गौतम, एबिक पौडेल र सदिरस पौडेलले पनि अभिनय गरेका छन् भने छायांकन उत्सव दाहाल र सम्पादन विजेश पौडेलेको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्