रोमाविरुद्ध एसी मिलान ३-१ ले विजयी



काठमाडौं ।

इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एएस रोमालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा मिलानले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

मिलानको जितमा यासिन अदली, ओलिभर जिराउड र थिओ हर्नानडेजले एक एक गोल गरेका थिए। त्यस्तै रोमाका लागि एक गोल लीनड्रो पारेडेजले गरेका थिए।

यो जितपछि मिलानको सिरी ए मा २० खेलमा ४२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यस्तै रोमाको भने २० खेलमा २९ अंक छ र लिगमा नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्