काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अङ्गुर ३२० रुपैयाँ, केरा १३० रुपैयाँ दर्जन, अनार ३०० रुपैयाँ किवी र आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, लोकल सानो गोलभेँडा १० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३३ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे हरियो खुर्सानी ५५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
यसैगरी, बुधबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो मेथी र सौफको साग ९० रुपैयाँ पर्दछ भने जिरीको साग ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
तराई परवर १३० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना २२० रुपैयाँ केजी कायम गरिएको छ।
ब्रोकाउली ५० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन ११० र नेपाली सुकेको लसुन २६० रुपैयाँ पर्दछ। डल्ले भन्टा ४० रुपैयाँ लाम्चो भन्टा ३० रुपैयाँ र हरियो धनियाँ १०० रुपैयाँ पाइने समितिले जनाएको छ।
यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।














प्रतिक्रिया