राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशबाट ६ जनाको नाम सिफारिस



रुपन्देही ।

नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि लुम्बिनी प्रदेशबाट ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेर पठाएको छ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले ३ महिला र ३ पुरुष गरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा सिफारिसमा परेका हुन् । लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्