‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ



काठमाडौं ।

राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ ।

प्रतिक्रिया दिनुहोस्