भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता



काठमाडौं ।

नेपालको दुईदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्