भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथको दर्शन



काठमाडौं ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गरेका हुन।

जयशङ्करले आज त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन्।

बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेताहरूलाई भेटिसकेका छन्।

विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्किँदै छन्। जयशंकर दिउँसो साढे १२ बजे भारत फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्