प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता



काठमाडाैं ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्शल सुदर्शन पठर्नाबीच जङ्गी अड्डामा बिहीबार शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच  रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्