नेपाली जनता र देशको अवस्था नजिकैबाट नियालिरहेको छु: पूर्वराजा ज्ञानेन्द्र



बुटवल  । 

विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहिबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाकी तथा साँस्कृतिक प्रस्तुती गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले देशको अवस्था नजिकैबाट नियालिरहेको बताएका छन्  । भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफु अन्त कतै नगई नेपालीहरुको साथमै रहेको बताए । नेपालीहरुको सुविधा, असुविधा पिडा, बाधा लगायतका समस्याहरु नियालिरहेको उनले बताए ।

उनले देशको वर्तमान अवश्थाको बारेमा चिन्ता समेत व्यक्त गरे । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी एवम बाध्यकारी परिस्थितको कारण युवाहरु विदेशिनु परेको बताउँदै यस्तो अवश्थाको अन्त्य हुनुपर्ने उहाले धारणा राखे । कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको बताए।

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो धार्मिक एवम सांस्कृतिक भ्रमणका क्रममा भैरहवामा बसेका थिए । यहिबाट उनले कपिलवस्तु, पश्चिम नवलपरासी एवम रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको दर्शन अवलोकन एवम भ्रमण गरेका थिए

प्रतिक्रिया दिनुहोस्